मङ्लबार, बैशाख २५, २०८१

राजधानीमा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सम्मेलनमा म्यानमाकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले विशेष वक्ताका रूपमा सम्बोधन गर्ने

काठमाडौँ ज्येष्ठ २३,   बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आगामी ज्येष्ठ ३१- अषाढ १ मा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्ने भएको छ ।  प्रस्तुत सम्मेलनको मुख्य आकर्षणको रुपमा नोबेल शान्ति पुरस्कार विजेता म्यानमाकी प्रजातन्त्रवादी नेत्री _68034061_68034060 Thomas-Mayer आङ साङ सुकीले विशेष वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान ले तय गरेको कार्यक्रम अनुसार यही ज्येष्ठ ३० गते नेपाल आउने सुकीले ज्येष्ठ ३१ गते अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा र  संविधानसभाको बैठकमा पनि विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।  त्यस्तै   सुकीलाई  सोही दिन नेपाली जनताका तर्फबाट  नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष भट्टराईलेले  बताउँनु भएको छ ।  साथै उहाँले आगामी अषाढ १ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौँको सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयको समेत भ्रमण गर्नुहुनेछ ।

  त्यस्तै सम्मेलनमा प्रजातान्त्रिक समाजवादका चिन्तक जर्मनीका प्रा थोमस मायर, सोसियल इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरू विश्वविद्यालयका प्रा आनन्दकुमारलगायतले पनि प्रस्तावित प्रसङमा महत्वपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको  छ ।

सम्मेलनमा भारतीय काँग्रेस आईका करण सिंहसहित भारतीय नेता डिपी त्रिपाठी र सुरेन्द्र भदौरिया तथा ब्राजिल, डेनमार्क, स्विट्जरल्यान्ड, म्यानमा, संयुक्त अधिराज्य, जर्मनीलगायत देशबाट समाजवादी चिन्तक एवं सार्क राष्ट्रका प्रतिनिधि सहभागी हुनुहुने जानकार दिदै   विश्व राजनीतिमा एउटा महत्वपूर्ण चिन्तनका रूपमा विकास भएको प्रजातान्त्रिक समाजवादको भविष्य विषयको सो सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विशेष महत्व दिइएको प्रचार समितिका संयोजक एवम पत्रकार महासङघका पूर्व सभापति विष्णु निष्ठुरीले बताउँनु भएको छ   ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031