शनिबार, बैशाख ८, २०८१

वाम आन्दोलनकी अग्रणी सहाना अस्पतालमा

काठमाडौँ ज्येष्ठ २३, नेकपा (एमाले)की नेत्री तथा नेपालको वाम –लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानलाई फोक्सोको सङ्क्रमण तथा sahana-pradhanमस्तिष्काघातका कारण अस्वस्थ भएर उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएकोे छ ।

पार्टी अध्यक्ष झलनाथ खनालले अस्पताल पुगी उहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिँदै चिकित्सकलाई उहाँको उपचारमा हरसम्भव सबै उपाय अवलम्बन गर्न आग्रह गर्दै पार्टीको तर्फबाट नेत्री प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको नेकपा एमालेले जनाएको छ ।