बिहिबार, बैशाख २०, २०८१

एमाले सचिव पोखरेलले भने – अबको पार्टी अध्यक्ष ओली

Shankar-Pokharelभक्तपुर ज्येष्ठ १६, एमाले मध्यपुर थिमी नगर समन्वयन कमिटीले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेकपा एमालेका सचिव शङ्कर पोखरेलले पार्टीको नवौ महाधिवेशनबाट पार्टीको अध्यक्ष केपी शर्मा ओली हुने दाबी गर्नुभएको छ ।  त्यस्तै सचिव पोखरेलले वैचारिकरुपमा जनताको बहुदलीय जनवादमा नै आधारित भएकाले अब पार्टीमा दुई लाइन सङ्घर्ष सकिएको बताउँदै कम्युनिष्ट पार्टीले क्रान्तिपूर्व नै सरकारमा गएर सुधारका कार्यक्रम लागू गर्न सक्छन् भन्ने उदाहरण यसअघि मनमोहन अधिकारीको नौ महिने शासनकालले देखाइसकेको बताउँनु भएको छ ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राजथला, उपसचिव बासुदेव थापा लगायतले बोल्नु भएको थियो ।