शुक्रबार, बैशाख १४, २०८१

बैठक अवरुद्धताको सवालमा विपक्षीसँग वार्ता गरिने छ : उपप्रधानमन्त्री

काठमाडौँ ज्येष्ठ १६, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थापिका–संसद्को बैठक अवरोध भएको विषयमा विपक्षी Prakash-Man-Singh_20130518095406दलसँग सरकारले वार्ता गरी समस्याको समाधान निकाल्ने बताउनुभएको छ । संसद्को बैठकबाट बाहिरिने क्रममा उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक प्रक्रियाअनुसार वार्ता गर्ने बताउनुभयो । सत्तारुढ दल नेकपा (एमाले) नै बजेटको तयारीम�� विरोध गरेको भन्ने सम्बन्धमा सोधिएको जिज्ञासामा उहाँले त्यस विषयमा आपसी सहमति हुने बताउनुभयो ।