मङ्लबार, बैशाख १८, २०८१

पत्रकारको पेसागत तथा भौतिक सुरक्षाको लागि सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री गौतम

काठमाडौँ ज्येष्ठ ८, नेपाल पत्रकार महासङ्घले बुधवार राजधानीमा आयोजना गरेको महिला पत्रकारको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । त्यस्तै गृहमन्त्री गौतमले उहाँले bamdave1पत्रकारको व्यावसायिक उत्तरदायित्व निर्वाहसँगै, भौतिक सुरक्षाको जरुरी भएकाले त्यसमा सरकारको सधैँ प्रतिवद्ध रुपमा सहयोग रहने बताउनुभयो ।

महिला पत्रकारले व्यावसायिक दक्षता अभिवृद्धि गर्नु पर्नेमा विशेष जोड दिदै सरकारलाइ पत्रकारिता क्षेत्रमा महिला पत्रकार मैत्रीको अवस्था कायम गर्न कानुन र संविधानमा विधिवत् रुपमा के व्यवस्था गर्न सकिन्छ त्यसका लागि सुझाव दिन आग्रह गर्नुभएको थियो ।

देशभरका सयभन्दा बढी महिला पत्रकारको सहभागिता रहेको दुईदिने भेलाले ‘महिला पत्रकारको पेसागत तथा भौतिक सुरक्षा’ का विषयमा ब्यापक छलफल गरी काठमाडौँ घोषणा–पत्र जारी गर्ने बताइएको उक्त कर्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अहिलेपनि अधिकांश पत्रकारले एकातर्फ नियुक्ति पत्र र उचित पारिश्रमिक पाएका छैनन भने हर्को तर्फ भयको वातावरणमा पत्रकारले काम गर्नु परेको बताउँदै भेलाले सञ्चारमाध्यममा महिलाको अवस्था, लैङ्गिक समावेशीतालगायतका बारेमा छलफल गरी आगामी रणनीति तय गर्ने र त्यसलाई महासङ्घले कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

यसै गरि प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलले महिला पत्रकारको प्रवद्र्धनका लागि महिलाले निकालेका पत्रपत्रिकालाई वर्गीकरणमा प्राथमिकता दिएको बताउँनु भएको थियो । कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष, शिव गाउँले, पूर्व महासचिव पोषण केसीलगायतले श्रमजीवी पत्रकारको पीडा र यसमा सरोकारवालाले भूमिका खेल्नुपर्ने बताउँनु भएको थियो ।