बुधबार, बैशाख २६, २०८१

प्रजातान्त्रिक पत्रकार वृतमा चुनावी रन्को, काठमाडौं नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्प्रर्धा हुँदै

काठमाडौं ज्येष्ठ ८, अषाढको पहिलो सता साता पर्यटकीय नगरी पोखरामा हुन लागेको नेपाल प्रेस युनियनको आठौं महाधिवेशनलाइ लिएर अहिले प्रजातान्त्रिक पत्रकार वृतमा चहलपहल सुरु भएको छ । महाधिवेशनको सेरोफेरोमा अहिले पत्रकारहरूले आफ्नो उम्मेदवारी घोषणा गर्नेदेखि भेटघाटको press unionक्रमलाइ तिव्र बनाएका छन । महाधिवेशनको मिति जति जति नगिचिदै त्यतिनै अनुपातमा पत्रकारमाझ चुनावी वातावरणको माहौल बढदै गएको सहजै आभाष गर्न सकिन्छ ।

यसै क्रममा  युनियनको नेतृत्वत लिनका लागि हालसम्म चार जनाले उम्मेदवारी घॊषणा गरिसकेको अवस्था छ । यसरी उम्मेदावारी घोषणा गर्नेहरुमा । वरिष्ठ उपाध्यक्ष रहेका बद्री सिग्देल, उपाध्यक्ष गंगाधर पराजुली, महासचिव शिव लम्साल र पूर्व वरिष्ठ उपाध्यक्ष दमोदरप्रसाद दवाडी चुनावी मैदानमा उत्रिएका छन । त्यस्तै युनियनको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य र विजयसन्तोषी राईको नाम चर्चित छ । महिला उपाध्यक्षमा भने बाला अधिकारीकॊ चर्चा छ । त्यस्तै महासचिवका लागि होमप्रसाद लम्साल, अजयबाबु शिवाकोटी, सरोज अधिकारीलगायतले  दावी प्रस्तुत गर्दै आइरहेका छन भने सचिवमा ईश्वरी ओझा, सोमनाथ सुसेली, प्रेम केसी लगायतका पत्रकारहरूले अगाडि छन् । कोषाध्यक्षमा छायाँचन्द्र भण्डारी र खिला कार्कीले दाबी प्रस्तुत गरेको बुझिएको छ।

यसैवीच नेपाल प्रेस युनियन काठमाडौंको जिल्ला अधिवेशन भोली प्रज्ञा भवन कमलादीमा हुने भएको छ । काठमाडौं युनियनको नेतृत्वका लागि संगम बाँनिया, नकुल अर्याल र जिवन भण्डारीले आआफ्नो दावी प्रस्तुत गर्दै आईरहेका छन । यो समाचार तयार पार्दा समेत काठमाडौंमा सहमतिको वातावरण बनाउँन विभिन्न तहमा छलफल भइरहेको भएपनि त्यस्तो कुनै नितिगत सकमति भने भइनसकेको बुझिएको   छ । यदि भोली हुँने काठमाडौं अधिवेशनमा त्यस्तो कुनै सहमति भएन भने नेतृत्वका लागि त्रिपक्षिय प्रतिस्प्रर्धा हुने प्राय निश्चित रहेको छ ।