शुक्रबार, बैशाख ७, २०८१

दैनिक पत्रिका सञ्जाले बुझाए ज्ञापन

वृद्धि गरिएको २५ प्रतिशत रकमको भुक्तानी यथाशीघ्र दिनुपर्ने  माग सहित 

काठमाडौँ ज्येष्ठ ७, दैनिक पत्रिका राष्ट्रिय सञ्जालले हिजो विभिन्न १० बुँदे मागसहित नेपाल प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासङ्घलाई ज्ञापनपत्र बुझाएको छ । दैनिक पत्रिका राष्ट्रिय सञ्जालका संयोजक जयप्रकाश गुप्ताको नेतृत्वमा गएको टोलीले काउन्सिल, विभाग र महासङ्घलाई छुट्टाछुट्टै ज्ञापनपत्र पेस गरेको संयोजक गुप्ताले जानकारी  दिनु भएको छ ।

ज्ञापनपत्रमा सञ्जालले पत्रपत्रिकालाई राज्यले समानुपातिक विज्ञापन प्रणाली लागू पर्नुपर्ने, गत आर्थिक वर्षमा लोककल्याणकारी विज्ञापनमा वृद्धि गरिएको २५ प्रतिशत रकमको भुक्तानी यथाशीघ्र दिनुपर्ने, सञ्जाललाई वार्षिकरुपमा बजेटको व्यवस्था गर्नुपर्ने, पत्रकार तथा आमसञ्चार क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउनुपर्नेलगायत माग गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930