मङ्लबार, बैशाख २५, २०८१

राजधानीमा अवैधरुपमा संचालित उद्योगहरूमा अख्तियारको छापा

काठमाडौँ ज्येष्ठ५ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीमा सरोकारवाला नियकायमा दर्ता नभएका र दर्ता भएका मध्यपनि akhtiyar-ayoogगैरकानुनी राज्यलाई तिर्नुपर्ने राजस्व छल्दै संचालमा रहेका उद्योगहरूमा छापा मारी सिलबन्दी गरेको छ । अख्तियारकाले यसरी सिलबन्दी गरेको उद्योगहरुमा क्रमस सितापाइलास्थित ग्रीन टोबाको कम्पनी, अभिनव सूर्ति उद्योग र ओम साई सूर्ति उद्योगलाई दर्ता नगरी कारोवार गरेको अभियोगमा र कलङ्कीक्षेत्रमा गैरकानुनी रुपमा संचालित सफिन एन्ड ब्रदर्श उद्योगमा छापा मारी ठूलो परिमाणमा सुपरलाइट खैनी बरामद गरी सिलबन्दी गर्नुका साथै उद्योगले प्रयोग गरेको एक थान मारुती भ्यानसमेत नियन्त्रण लिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै आयोगले अवैधरुपमा सञ्चालित भक्तपुरको केरी टोबाको प्रोडक्ट्स प्रालिका पाँच उद्योग र गोदामका साथै कार्यालयमा छापा मारी ठूलो परिमाणमा सूर्तिजन्य सामग्री, कार्यालयमा रहेका कागजात र सञ्चालकले प्रयोग गरेको कारसमेत नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय, भक्तपुरको जिम्मा लगाएको विज्ञप्तिमार्फत जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930