बिहिबार, चैत्र १५, २०८०

वैकल्पिक ऊर्जाको कार्यकारी निर्देशक छान्न समिति गठन

काठमाडौँ ज्येष्ठ ६, सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक छनौटका लागि तीन सदस्यीय छानविन समिति गठन गरेको छ । 40यसअघि वोर्डको कार्यकारी निर्देशक रहेका ई गोविन्द पोखरेललाई राज्यले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष्यमा नियुक्त गरेपछि रिक्त वोर्डको कार्यकारी निर्देशक छनौटको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले प्रस्तुत समिति गठन गरेको प्राप्त समाचारमा जनाईएको छ ।

कार्यकारी निर्देशक छनौट समितिमा राष्ट्रिय योजना आयोगका सदस्य डा गोविन्द नेपाल, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल र ऊर्जाविज्ञ अमृत नकर्मी रहनुभएको छ ।