बिहिबार, बैशाख १३, २०८१

नेपाली राहदानी बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ ज्येष्ठ ५, नेपाली राहदानी बङ्गलादेशमा लगेर बिक्री गर्ने एक नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी  _passport पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको छ ।  ब्युरोले पत्रकार सम्मेलन १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७ वर्षीय कुमार पुरी र सङ्खुवासभाका ४३ वर्षीय पूर्णबहादुर मगरलाई पक्राउ गरेको तथा अर्का अभियुक्त देवीप्रसाद काफ्ले भने फरार रहेको जनाएको छ ।

ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले साउदी अरबस्थित एएल यामामा कम्पनीबाट केएल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिको नाममा ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’मा १०० कामदार माग भई आएकामा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई २५ कामदारको राहदानी सङ्कलन गरी अभियुक्तले १४ थान बिक्री गरेको अनुसन्धानबाटपुष्टि भइको बताउँनु भएको छ ।