सोमवार, बैशाख २४, २०८१

नेपालको प्रतिपरिवार उपभोग खर्च करिब रु दुई लाख चार हजार

वार्षिक घरपरिवार सर्वेक्षण सार्वजनिक
काठमाडौँ ज्येष्ठ ४, नेपालको प्रतिपरिवार वार्षिक उपभोग औषत खर्च रु दुई लाख चार हजार ८५३ रहेको छ । तथ्याङ्क विभागले आज सार्वजनिक Tathyanka-bibhagगरेको वार्षिक घरपरिवार सर्वेक्षण २०६९/७० अनुसार ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारको वार्षिक उपभोग खर्च रु एक लाख ७३ हजार २१५ र सहरी क्षेत्रको प्रतिपरिवार खर्च रु तीन लाख ४० हजार ६०७ पुगेको छ । विभागले दैवी छनोट विधिद्वारा नेपालको ग्रामीण क्षेत्र र सहरी क्षेत्रका सय/सय वडाका तीन हजार घरपरिवारमा गरिएको सर्वेक्षणको आधारमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालीले आफ्नो कुल पारिवारिक उपभोगको ५९ दशमलव २ प्रतिशत खानामा, ११ दशमलव ६ प्रतिशत आवासमा, ३ प्रतिशत शिक्षामा र २६ दशमलव २ प्रतिशत गैरखाद्य वस्तु तथा सेवामा खर्च गर्ने गरेको अनुमान छ । सर्वेक्षणअनुसार एक जना नेपालीको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब रु ४४ हजार ५९६ रहेको छ ।

जसमा सबैभन्दा धनी २० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु एक लाख दुई हजार ३२७ पुगेको छ । त्यस्तै सबैभन्दा बढी गरिब २० प्रतिशत जनसङ्ख्याको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च रु १७ हजार २२ रहेको छ । सबैभन्दा धनी २० प्रतिशत जनसङ्ख्याले कुल उपभोगको ४५ दशमलव ८ प्रतिशत हिस्सा ओगटेका छन् भने सबैभन्दा गरिब २० प्रतिशत जनसङ्ख्याले कुल उपभोगको अंश ७ दशमलव ६ प्रतिशत रहेको छ ।rss