विराटनगर वैशाख १३, राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै हिजो व्यवस्थापिका संसदमा पारित गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने बताउँदै जघन्य अपराधका दोषीलाई कानुनअनुसार कारबाही गर्नका लागि राप्रपाले संसद्मा सो मेलमिलाप आयोगको संशोधन प्रस्ताव ल्याएको बताउँनु भएको छ । त्यस्तै अध्यक्ष थापाले काँग्रेस, एमाले र एमाआवोदीले निषेधको राजनीति गरेकाले आफ्नो पार्टीलाई संविधानसभा समितिको सभापति पद नदिएको आरोप संचारकर्मीमाझ लागाएको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
काँग्रेस,एमाले र एमाआवोदीले निषेधको राजनीति गरेको अध्यक्ष थापाको आरोप
April 26, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np