मङ्लबार, बैशाख १८, २०८१

नेउवा महासङ्घ निर्वाचनको वस्तुगततर्फ पाण्डे समूह अगाडि

 काठमाडौँ चैत्र २९, नेपाल उद्योग वाणिज्य महासङ्घको आज भएको निर्वाचनअन्तर्गत वस्तुगततर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणना अन्र्तगत वस्तुगत समूहबाट निर्वाचित हुनेमा क्रमस उपाध्यक्षमा दिनेश श्रेष्ठ र सदस्यहरुमा अनुप बहादुर मल्ल, अशोक शर्मा, उमेशलाल श्रेष्ठ, fncciकमला श्रेष्ठ, राजकुमार भट्टराई, राजन शर्मा, शुकुन्तलाल हिराचन, शङ्करप्रसाद पाण्डे, शौरभ ज्योति, सञ्जय गिरी, सञ्जीव राजभण्डारी तथा सन्दीपकुमार अग्रवाल रहेको बुझिएको छ ।  

यसमध्ये वस्तुगतका १२ मध्ये पाण्डे समूहका सात र भास्करराज राजकर्णिकार पक्षका पाँच सदस्य निर्वाचित भएका छन भने एसोसियटतर्फ भने राजकर्णिकारको समूह अगाडि रहेको बुझिएको छ । त्यस्तै बाँकी पदहरुको मतगणनाको परिणाम राति अबेरसम्म परिणाम आइसक्ने बताइएको छ ।