बिहिबार, चैत्र १५, २०८०

नयाँ बन्ने संविधान प्रेसमैत्री बनाउँन पहल गर्ने अध्यक्ष खनालको आस्वासन

  कठमाडौं चैत्र २९,  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आज  प्रेस चौतारी नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै गत संविधानसभा निर्वाचनमा बहिष्कारको नीतिमा रहेका नेकपा–माओवादीले नेपाली काँग्रेसलाई मतदान गरेकाले आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको बताउँदै नयाँ jn 1बन्ने संविधान प्रेसमैत्री  बनाउँन आफुले पहल गर्ने  बताउँनुभएको छ ।
त्यसैगरि कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि आफ्नो पार्टी नवौँ महाधिवेशनको सङ्घारमा पुगेको र त्यसपछि पार्टी थप एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले एक वर्षभित्र लोकतान्त्रिक संविधान बनाउन पत्रकारहरूले राजनीतिक दललाई दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।  प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले २६ मनोनित सिटमा एकजना पत्रकार पर्नुपर्ने मागसहित अध्यक्ष खनाललाई ज्ञापनपत्र हस्तातरण गर्नुभएको थियो ।