शुक्रबार, बैशाख २१, २०८१

एमाओवादीसँग पार्टीगत होइन कार्यगत एकता मात्र सम्भव : नेता गजुरेल

 काठमाडौँ चैत ३, नेकपा–माओवादी र एमाओवादीवीच पार्टीगत एकता हुने चर्चा चलिरहेको बेला नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एनेकपा cp gajurealमाओवादीसँग कार्यगत एकता भए पनि पार्टीगत एकता भने सम्भव नभएको बताउनुभएको छ । त्यस्तै रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता गजुरेलले संविधानसभा निर्वाचन बहिष्कार गरेको आफ्नो पार्टीलाई मनोनित सिटमा संविधानसभामा ल्याउने कुरा गर्नु गलत भएको भन्दै यो संविधानसभाबाट जनसंविधान नबन्ने भएकाले यो संविधानसभाको कुनै औचित्य नभएको बताउँनु भएको थियो ।

कार्यक्रममा एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले सबै दलले एक वर्षभित्रमै संविधान बनाउने प्रतिबद्धता व्यक्त गरेकाले संविधान निर्माण नगरिकन स्थानीय निकायको निर्वाचन गर्ने कुरा गर्नु उल्टो काम हुने बताउनुभयो ।