बिहिबार, बैशाख २०, २०८१

मूल्यवृद्धि फिर्ता नलिए कडा सङ्घर्षमा उत्रने एमाओवादीको चेतावनी

 काठमाडौँ चैत २, एनेकपा(माओवादी)ले नेपाल आयल निगमभित्रको अनियमितता र भ्रष्टाचार निरूपण गर्नेभन्दा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोमा Dinanathआपत्ती प्रकट गदै मूल्यवृद्धि निर्णय फिर्ता भनेका छन । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटको क्रममा पार्टीका प्रवक्ता दीनानाथ शर्माले वैकल्पिक उपाय हुँदाहुँदै जनताको दैनिक जीवनसँग जोडिएका विषयमा अनावश्यकरुपमा गरिएको पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिबाट मुलुकको सबै क्षेत्र प्रभावित हुने भएकाले तत्काल सरकारसँग आग्रह गर्दै निर्णय फिर्ता नलिए कडा सङ्घर्षमा उत्रने चेतावनी दिएका छन ।

त्यस्तै प्रवक्ता शर्माले एमाओवादी अहिले विशेष साङ्गठनिक राष्ट्रिय सम्मेलनमा जुटेको जानकारी दिँदै पछिल्लो दिनमा नेता डा बाबुराम भट्टराईले पार्टी सङ्गठनमा नयाँपन दिनुपर्ने, लोकतान्त्रिक मूल्य तथा मान्यतालाई आत्मसाथ गर्नुपर्ने सन्दर्भमा उठाउनुभएको विषयमा पनि छलफल हुने बताएका थिए ।