काठमाडौँ फागुन २६ ,विदेशी मुद्रा अपचलन गरेको अभियोगमा एक जनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा झापा घर भई भक्तपुर बस्दै आएका रामकुमार विष्टलाई पक्राउ गरेको हो । विष्टले सन् १९९६ मा न्युजिल्यान्डबाट ऊन आयात गर्ने क्रममा विदेशी मुद्रा अपचलन गरेका हुन् । विष्टले राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखामा खोलेको प्रतितपत्रअनुसार सामान आयात नगरी असम्बन्धित पार्टीलाई उक्त बैंकबाट भुक्तानी पठाएको र दोहोरो भुक्तानीसमेत लिई रु १९ लाख ८१ हजार ७६० बराबरको विदेशी मुद्रा अपचलन गरेको जनाएको छ ।
१९ लाख ८१ हजार विदेशी मुद्रा अपचलन गरेको अभियोगमा विष्ट पक्राउ
March 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np