मङ्लबार, बैशाख १८, २०८१

गृहमन्त्री गौतमको अभिव्यक्ति प्रति नेकपा–माओवादीको आपत्ति

 काठमाडौँ फागुन २४,   काठमाडौँ फागुन २४, नेकपा–माओवादीले द्वन्द्वकालीन मुद्दा ब्युँताउँदै गोरखा फुजेलका कष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई  कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले फुजेल घटनाको विषयमा संसदमा दिएको सार्वजनिक अभिव्यक्तिप्रति प्रति माओवादी प्रबक्ता पम्फा भुसालले बिज्ञप्ति जारी गर्दै गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन माग गरेको हो । 

 माओवादी प्रवक्ता पम्फा भुसालले शुक्रवार विज्ञप्ति जारी द्वन्द्वकालीन घटनालाई सामान्य कानुनबमोजिम मुद्दा प्रक्रिया अगाडि बढाउने भन्ने घोषणा गर्नु बृहत् राजनीतिक सहमतिअनुसार द्वन्द्व व्यवस्थापनको सरकारी दायित्वबाट पन्छिने र तिनलाई ब्युँत्याएर पुनः द्वन्द्व निम्त्याउने जमर्को भएको आरोप लगाउनुभएको छ । विज्ञप्तिमा बाह्रबुँदे समझदारी, बृहत् शान्तिसम्झौता तथा अन्तरिम संविधानअनुरूप बेपत्ता नागरिक सार्वजनिक गर्न तथा सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनबारे सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरी सामाजिक मेलमिलापको वातावरण निर्माण गर्न माग गरिएको छ ।