शुक्रबार, बैशाख ७, २०८१

एमाओवादीको जिल्ला संयोजकको भेला आज सकिदै

 काठमाडौ फागुन २४, हिजोदेखि पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको एमाओवादीको जिल्ला संयोजकको भेलामा आगामी वैशाख १८ गतेदेखि हुने विशेष राष्ट्रिय सम्मेलनको लागि अपनाउनुपर्ने विधि र कार्ययोजनाको विषयमा हिजोको बैठकमा विभिन्न जिल्लाका ४५ जना संयोजकहरूले आ–आफ्ना धारणा राखेको UCPN_Maoist_Head_Office_Paris_Danda1बुझिएको छ । 

 पार्टीको जिल्ला र स्थानीय सम्मेलनको लागि कार्ययोजनासमेत निर्माण गर्ने लक्ष्यका साथ बोलाइएको प्रस्तुत भेलाको छलफलको क्रममा संयोजकहरूले केन्द्रीय सदस्यहरूको योग्यता, केन्द्रीय समितिमा महिलाको सहभागिता, लेबी सङ्कलन विधि, संविधानसभा चुनावमा भएको खर्च, विधानको मस्यौदालगायतका विषयमा आ–आफ्ना धारणासहित नेतृत्वले कतिपय विषयमा प्रस्ट हुन नसक्दा राष्ट्रिय राजनीतिमा पार्टीको छवि तल परेको गुनासो पनि गरेका छन् । केही संयोजकहरूले सदस्यता नवीकरणका लागि समय नपुग्ने भन्दै वैशाखमा गर्ने भनिएको राष्ट्रिय सम्मेलनको मिति सार्न सुझाव दिएको थियो ।
त्यस्तै पार्टी प्रवक्ता दिननाथ शर्माका अनुसार जिल्ला संयोजकको प्रतिवेदन सुनिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल र नेताहरू डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटीले आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको र आजै बाँकी संयोजकहरूले आ–आफ्ना धारणा राखिसकेपछि नेतृत्वले जवाफ दिने र बैठक आजै सकिने प्रवक्त शर्माले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728