आइतवार, बैशाख २३, २०८१

चारसय८४ मत सहित निर्वाचित उपाध्यक्ष घर्तीद्वारा पद तथा गोपनियताको शपथ

 काठमाडौँ फागुन १५, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्तीलाई बुधवार संविधानसभाका भवन sansadhनयाँ बानेश्वरमा पद तथा गोपनियताको शपथ गराउनुभएको छ । 

संविधानसभाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनर्मा माओवादीको तर्फबाट उम्मेदवार रहेकी ओन्सरीलाई नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, तराई–मधेस लोकतान्त्रिक पार्टीलगायत अधिकांश दलले समर्थन गर्नु ४८४ मत प्राप्त गर्नुभएको थियो । शपथग्रहण कार्यक्रम विभिन्न राजनीतिक दलका नेता , सभाषदहरुको उपस्थिती रहेको थियो । अन्तरिम संविधानअनुसार संविधानसभाका अध्यक्ष र उपाध्यक्ष क्रमशः व्यवस्थापिका–संसद्को पनि पदेन सभामुख र उपसभामुख हुने व्यवस्था छ ।