आइतवार, बैशाख २३, २०८१

मन्त्रालय बाँडफाटमा सहमति बनाउँन काँग्रेस एमालेवीच भएको बैठक निष्कर्षबिहीन, अर्को बैठक भोली बिहान ७ बजे बस्ने

 काठमाडौं फागुन ११, एमालेलाइ गृहमन्त्रालय दिन कांग्रेस सहमत भएपछि सम्मानजनकरुपमा सरकारमा जान तयार भएको नेकपा एमालेले मन्त्रालय बाँडफाटमा सहमति गर्न उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठन गरेको टोली र काँग्रेसका नेताहरुवीच भएकोहोटल द्वारिकाजमा भएको बैठक निष्कर्षविहीन nc & umlभएको छ ।

मन्त्रालयको बाँडफाटका लागि छलफलमा बसेको दुई दलका नेताहरुविच मन्त्रालयको भागबण्डाको बिषयमा सहमति नजिक पुगेको र वार्ता सकारात्मक भएको बताइएपनि पनि कुनै निष्कर्ष ननिस्किएको नेताहरुले बताए । बैठकमा एमालेले एमालेले गृहमन्त्रालयमात्र नभएर बाँकी मन्त्रालयको हकमापनि ठोस सहमति गर्नुपर्ने अडान राखेपछि आजको बैठकमा खासै उपलब्धी हुन नसकेको बुझिएको छ ।

यद्यपी प्रस्तुत विषयमा पार्टीभित्र छलफल गरेर भोली बिहान ७ बजे बस्ने बैठकले टुङ्गो लगाउने गरि नेताहरु बैठक स्थलबाट बाहिरिएको बैठकमा सहभागि एक नेताले बताएका छन ।वार्तामा कांग्रेसको तर्फबाट चार र एमालेका तीन नेता सहभागी थिए । कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला, विनाविभागिय मन्त्री रामशरण महत, मिनेन्द्र रिजाल र दिपकुमार उपाध्याय सहभागी रहेका थिए । त्यस्तै एमालेबाट  उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल र नेता अग्नी खरेलको सहभागिता रहेको थियो ।