मङ्लबार, बैशाख २५, २०८१

प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेसलाइ समर्थन गर्न एनेकपा माओवादीलाई काँग्रेस सभापतिको आग्रह

 काठमाडौँ माघ २६, काँग्रेस सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाले आज विहान एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग s+pविशेष भेटवार्ता गरेका छन । भेटको क्रममा सभापति कोइरालाले भोलि हँुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो दललाई समर्थन जनाउन एनेकपा माओवादीलाई आग्रह गर्नुभएको बुझिएको छ ।
नेपाली काँग्रेसको नेतृत्वमा नेकपा एमाले सहितको सरकार गठनको लागि भएको प्रयास अन्र्तगत शक्ति बाँडफाँडको प्रसंगमा पटक पटक छलफल चले पनि काँग्रेस र एमालेबीच अझै सहमति जुट्न नसकेको अवस्थामा आज प्रचण्ड निवास महाराजगन्जमा भएको छलफलमा सभापति कोईरालाले यस्तो आग्रह गर्नु भएको हो ।
व्यवस्थापिका संसद्मा भोलि हुँने प्रधानमन्त्रीको निर्वाचनका लागि आज ५ बजेसम्म मनोनयन दर्ता गर्ने र सोमबार मतदान हुने कार्यतालिका संसद् सचिवालयलयले यसअघिनै सार्वजनिक गरिसकेका छन । काँग्रेस सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी एमाओवादी अध्यक्षसँगको छलफलमा राष्ट्रपति परिवर्तन गर्ने÷नगर्ने भन्ने विषयमा एमाओवादीले नयाँ संविधानसभा आएपछि त्यसले पनि स्वीकारेको हुने किसिमको देखिने हुनुपर्छ भन्ने धारणा राखेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31