मङ्लबार, बैशाख १८, २०८१

नइ पुरस्कारबाट दश प्रतिभालाई विधागतरुपमा सम्मान गरिने

  काठमाडौँ माघ २३, नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका १० प्रतिभालाई जनही रु २० nai_हजार राशिको विसं २०७० को नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्राप्त समाचारमा उल्लेख भए अनुसार धर्म संस्कृतिको सम्बद्र्धन, संरक्षण र जागरणमा समर्पित श्री १००८ डा. कृष्णदास महायोगी सिद्धबाबा लगायत क्रमस विजय चालिसे प्रा.डा. कपिल लामिछाने ,प्रमोद प्रधानलाई ,डा. लक्ष्मणप्रसाद गौतम श्रीमती लीला लुईंटेल, जुजुकाजी रञ्जित ,रामप्रसाद पन्त , श्रीमती नीलम कार्की निहारिका र तेस्रो लिङ्गी उमेश पाण्डेलाई  यी विभिन्न विधागत पुरस्कार आगामी फागुन २२ गते काठमाडौँमा प्रदान गरिने जनाएको छ ।