शनिबार, बैशाख ८, २०८१

जनकपुर गुठीका प्रमुख पाण्डेलाई कालोमोसो

 जनकपुर माघ २३, केन्द्रीय गुठी संस्थान सञ्चालक समितिले माघ १७ गते जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई महन्थ पदबाट हटाई सो JANAKI ठाउँमा जनकपुर–६ बस्ने जगदीश दासलाई नियुक्त गरेपछि सुरु भएको अन्र्तगत गौ संरक्षण अभियान तथा नागरिक समाजका व्यक्तिहरुले आज जनकपुरस्थित गुठी संस्थानका प्रमुख दीपक पाण्डेलाई कालोमोसो दली कुटपिट गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन गइरहेका समाज सम्बद्ध व्यक्तिहरुले गुठी संस्थानमा गई त्यहाँ रहेको कार्यालयको बोर्ड हटाएर आफ्नो ब्यानर झुन्डाएको र पाण्डेलाई कालोमोसो दली कुटपिट गरेको हो ।  त्यस्तै उनिहरुले  आजै जुलुस सहित जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर मठमन्दिरको मूर्ति बेच्ने गुठी संस्थान, महन्थ बैकुण्ठ दास र सञ्चालक समितिका अध्यक्ष महर्जनलाई कारबाहीको माग सहित ज्ञापनपत्र बुझाएको छ ।