बुधबार, बैशाख १९, २०८१

आजको सर्वदलीय बैठकबाट पनि कुनै चमत्कार भएन भने भोलिबाट काँग्रेसकै नेतृत्वमा बहुमतिय सरकार गठनको प्रक्रिया सुरुहुने

काँग्रेसले सहमतिय सरकार गठनका लागी आज अन्तिम प्रयास गर्ने

काठमाडौं माघ १९,संविधानसभामा सवैभन्दा ठुलो दलको हिसाबले सरकार बनाउने जिम्मा पाएको नेपाली काँग्रेसले सहमतिय सरकार गठनका लागी आज अन्तिम पहल गर्ने भएको छ । काग्रेसले आज तेस्रो पटक सर्वदलीय बैठक मार्फत यस्तो पअल गर्न लागेको हो । शनिवार बसेको सर्वदलीय बैठकले कुनै सर्वमान्य BP_smriti_bhawan_Nepali_congressसहमति गर्न नसकेपछि सहमतिय सरकार बनाउन लिखित सहमति मागेकोमा विधानसभामा प्रतिनिधित्व गर्ने ३० दल मध्ये अहिले सम्म जम्मा १३ दलले मात्रै काँग्रेस नेतृत्वको सहमतिय सरकारको लागि लिखित समर्थन जनाएका छन् । ति मभ्य राप्रपा नेपालले त हिजैकै बैठकमा आफ्नो पार्टी प्रतिपक्षमा बस्ने आसयको विमतिपत्र बुझाएको थियो ।

तर पनि काँग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनको लागि राष्ट्रपति डा। रामवरण यादवले आव्हान गर्नु भएको समयसिमा आज साँझ बाट समाप्त हुँदै गर्दा आजको बैठकमा फेरि पनि सवैदलसंग सहमतिको लागि आग्रह गरिने बताएको छ ।  आजको छलफलबाट सरकारको प्रारुपकाबारे  स्पष्ट खाका आउँने अपेक्षा गरेपनि सहमतिय सरकारको संभावना भने लगभग समाप्त भइसकेको बताउँदै नेताहरुले यदि आज कुनै चमत्कार भएन भने भोलिबाट काँग्रेसकै नेतृत्वमा बहुमतिय सरकार गठनको प्रक्रिया सुरुहुने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31