शुक्रबार, बैशाख १४, २०८१

राप्रपा नेपालको विरोध पत्रले सहमतिय सरकारको गठन प्रक्रिया प्रभावित

 काठमाडौँ माघ १८, काँग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि आज काँग्रेसले आव्हान गरेको दोस्रो सर्वदलीय Congress-flagsusil kबैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने प्राय दलहरुले सहयोग र समर्थनको प्रतिबद्धता जनाएपनि राप्रपा नेपालले सहमतीय सरकार गठनप्रति आफ्नो लिखितरुपमानै विमति जनाएका छन । आजको सर्वदलीय बैठकमा सहभागीमध्ये १३ राजनीतिक दलले लिखितरूपमै समर्थनसहितको पत्र प्रस्तुत गरेको अवस्थामा राप्रपा नेपालले भने विरोधपत्र प्रस्तुत गरेका थिए । 

सहमतिय सरकारको गठनका लागि र काँग्रेसका सभापति कोइरालालाई अन्तरिम संविधानको धारा ३८ ९१० बमोजिम प्रधानमन्त्रीमा चयन गर्न तयार छौँ भनेर सहमतीय सरकार गठनका लागि व्यवस्थापिका–संसदमा  प्रतिनिधित्व गर्ने ३० वटै राजनीतिक दलले प्रतिबद्धता जनाउनु आवश्यक रहन्छ । तर दलबीच हालसम्म भएका वार्ता र छलफलबाट त्यो सम्भावना हराउँदै गएको देखिन्छ । त्यसमाथि पनि राप्रपा नेपालको विरोध पत्रले सहमतिय सरकारको गठन प्रक्रियालाइ थप प्रभावित पारेको अवस्था छ । 

 यसैवीच काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पार्टी सभापति कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि सबै दलको सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । छिटोभन्दा छिटो सहमतीय सरकार बनाउँदा दलहरूले सहमतिका आधारमा नयाँ संविधान दिन सक्छन् भन्ने जनतामा विश्वास हुने भएकाले त्यसका लागि प्रयास भइरहेको बताउँदै प्रवक्ता वडूले बैठकमा सबै राजनीतिक दलबाट व्यक्त भएका भावना अत्यन्तै सकारात्मक र सौर्हाद्रतापूर्ण रहेकाले आइतबार बेलुकासम्म सबैको समर्थन प्राप्त गरी सभापति कोइरालाको नेतृत्वमा राष्ट्रपतिसमक्ष सहमतीय सरकार गठनका लागि जानेसक्ने प्रवल संभावना रहेको जनाकारी दिदै काँग्रेसले प्रस्तुत प्रसंगलाइ थप मुखरित गर्न भोलि पुनः नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सर्वदलीय बैठक बोलाइएको बताउँनु भएको छ ।

राष्ट्रपतिले गत माघ १२ गते अन्तरिम संविधानको धारा ३८ (१)बमोजिम सहमतीय सरकार गठनका लागि आह्वान गर्नुभएकामा सोको समयसीमा आइतबार अपराह्न ५ बजेसम्म पनि दलहरुबीच सहमति हुनसकेन भने अन्ततः मुलुमा बहुमतबाटै सरकार बन्ने निश्चित भएको छ ।