काठमाडौँ माघ १०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विश्वविद्यालय अनुदान आयोगका वरिष्ठ सहायक विष्णुबहादुर खड्काविरुद्ध रु १५ हजार घुस लिएको अभियोगमा हदैसम्मको सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
बागलुङको निसीभुजी जनता क्याम्पसको भवन निर्माणका लागि आयोगबाट रकम निकास गराइदिएबापत उक्त क्याम्पसका प्रमुखबाट उक्त रकम लिँदैगर्दा गत साता आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निज खड्काविरुद्ध मुद्दा दायर गरेको आयोग सम्वद्धस्रोतले जनाएको छ ।