मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रपति आजपनि संवैधानिक अफ्ठ्यारो फुकाउन दलहरुसँग परामर्शमा

काठमाडौं पौष २१, राष्ट्रपति डा रामवरण यादवले संविधान सभाको बैठक कसले डाक्ने भन्ने विषयमा देखिएको संवैधानिक अफ्ठ्यारो फुकाउन दलहरुसँगको राषटपरामर्श लाई आज पनि जारी राखेको शितलनिवास स्रोतले जनाएको छ । शनिवार विहान राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अरु साना दलका नेतासँग छुट्टाछुटै परामर्श गर्नु भएका डा  यादवले आज पनि विहानैदेखि  दलका नेताहरुसँग छलफल गर्नुभएको बुझिएको छ ।