बुधबार, बैशाख १९, २०८१

संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउनुपर्नेमा काँग्रेस सभापति कोईरालाको जोड

susil koiकाठमाडौँ पौष १९, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै स्वाभाविक रुपमा राष्ट्रपतिले संविधानसभाको बैठक आह्वान गर्ने प्रचलन भए पनि बैठक कसले बोलाउने भन्नेमा अहिले राजनीति अल्झनमा परेको बताउनुभएको छ । त्यस्तै उहाँले अघिल्लो संविधानसभाको बैठक कार्यवाहक राष्ट्राध्यक्षको हैसितयले गिरिजाप्रसाद कोइरालाले बोलाएको स्मरण गराउँदै संविधानसभाको बैठक राष्ट्रपतिलेले छिटो  बोलाउनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा सभासद् रामकृष्ण यादव, काँग्रेस श्रम विभाग प्रमुख बद्री पाण्डे ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित र आयोजक संस्थाका अध्यक्ष जनार्दन भट्टराई त्यस्तैगरि नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, पूर्वमहासचिव पुष्कर आचार्यलगायतले वोल्नु भएको थियो । तीन सय प्रतिनिधि रहेको सङ्घको जारी महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।