बिहिबार, बैशाख १३, २०८१

राप्रपा नेपालका ५ केन्द्रीय सदस्य निष्कासित

 काठमाडौ पौष १९, संविधानसभाको निवर्नचन अन्र्तगत समानुपातिक तर्फ समानुपातिक तर्फबाट प्राप्त २४ सीटमा सभासद चयन गर्दा पार्टी नेतृत्वले एकलौटी Kamal-Thapa-Raprapa-Nepalगरेको भन्दै विरोध सहित ‘नेपाली राप्रपा’ नामको नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिने १९ जना केन्द्रीय सदस्य मध्ये राप्रा नोपल संस्थापन पक्षले ५ जनालाई पार्टीबाट निस्कासन गरेको छ ।

राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय कार्य समितिको बैठकले पार्टीको सिद्धान्त र हीत विपरित काम गरेको आरोपमा पाँच जना केन्द्रीय सदस्यलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गर्ने निर्णय गरेको बताउँदै थापाले पार्टी फुटको संघारमा पुगेपनि अन्तिम अवस्थामा देखिएको सुझबुझले पार्टी ठूलो दुर्घटनाबाट जोगिएको बताए । यसरी निष्कासनमा पर्नेहरुमा बालकृष्ण न्यौपाने, श्याम तिम्सिना, गणेश शेरचन, बद्रीबाबु केसी र डा. शास्त्रदत्त पन्त रहेका छन् ।