बुधबार, बैशाख १२, २०८१

आइतबारदेखि न्यायालय बिहान ९ बजेदेखि

काठमाडौँ पौष १९, प्रोत्साहन भत्ता उपलब्ध भएकाले आगामी आइतबारदेखि सर्वोच्च तथा मातहतका अदालत बिहान ९ बजेदेखि नै खुला हुने भएका छन् । suprim-cort1 अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न ९ बजेदेखि नै सबै तहका न्यायालय खुला गर्न लागिएको र यसबाट आन्तरिक कामकारबाही चुस्त हुने, फैसला तयार पार्नेदेखि सबै आन्तरिक काम कारबाहीमा सहज हुने र सेवाग्राहीलाई पनि सजिलो हुने जानकारी दिदै गत पुस ११ गतेको निर्णयबमोजिम बिहान ९ बजेदेखि नै कार्यालय खुला गर्न परिपत्र भईसेकेको बताउँनु भएको छ ।

यसवापत अदालतको आन्तरिक कामकाज गरेबापत न्यायपालिकाका कर्मचारीलाई आव २०७०। ०७१मा सुरु तलमानमा बढीमा ५० प्रतिशतमा नबढ्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय भएकाले साबिकको कार्यालय समयभन्दा अतिरिक्त काम गर्नुपर्ने र एकै समयमा अतिरिक्त काम गर्न उपयुक्त हुने भएकाले यही पुस ११गतेको निर्णयबमोजिम बिहान ९ बजेदेखि नै कार्यालय खुला गर्न अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न ९ बजेदेखि नै सबै तहका न्यायालय खुला गर्न लागिएको र यसबाट आन्तरिक कामकारबाही चुस्त हुने, फैसला तयार पार्नेदेखि सबै आन्तरिक काम कारबाहीमा सहज हुने र सेवाग्राहीलाई पनि सजिलो हुने जानकारी दिनुभयो ।