मङ्लबार, बैशाख १८, २०८१

४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाँइदै

काठमाडौँ पौष ६, नेपाललाई पोलियो शून्य देश प्रमाणीकरण गर्ने अभियानअन्तर्गत आजदेखि १५ औँ पोलियो खोप अभियान सुरु भएको छ । प्रस्तुत अभियान अनुरुप जन्मेदेखि  पाँच वर्षमुनिका करिव ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य निर्धारण गरिएको छ भने देशभरि खोप अभियानका लागि ४० हजार ४४७ खोप केन्द्रमा ८० हजार ९४८ स्वयम्सेवक परिचालित भएका छन । हिमाली क्षेत्रका सात जिल्लाबाहेक दोस्रो चरणको सो कार्यक्रम माघ ११ र १२ र हिमाली जिल्लाका पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते सञ्चालन हुने कार्यक्रम रहेको छ ।