शुक्रबार, बैशाख २८, २०८१

प्रदेशको नेतृत्वमा सत्ता गठनबन्धनको भागबन्डा,कोशीमा मध्यावधिको संभावना प्रवल   

एमाले ३, माओबादी २, जसपा र उन्मुक्तिलाई एक-एक प्रदेशको नेतृत्व

 काठमाडौ चैत १३,सत्ता गठनबन्धनका दलहरुबीच सात प्रदेशको नेतृत्व भागबन्डाको सहमतिय खाका तय गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड , एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार भएको भेटवार्ताको क्रमम प्रदेश नेतउत्वको भागबन्डामा सहमति सहितको खाका बनेको समाचार स्रोतले जनाएको छ।

स्रोतका अनुसार भागबन्डा सहमति अनुसार एमालेलाई कोशी, गण्डकी र कर्णाली प्रदेश र माओवादीलाई वाग्मती र लुम्बिनी, जसपालाई मधेश र नागरिक उन्मुक्तिलाई सुदूरपश्चिमको मुख्यमन्त्रीको नेतृत्व दिने सहमति भएको थाहा भएको छ। प्रस्तुत सहमति अब बस्ने सत्ता साझोदार दलहरुको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ।

स्मरण रहोस,कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्री केदार कार्कीको विकल्प खोजिए मध्यावधि निर्वाचनको  को संभावना प्रवल  रहेको छ। संविधानको अन्तिम धारा १६८ को उपधारा ५ प्रयोग गरेर मुख्यमन्त्री भएका केदार कार्की नेतृत्वको सरकारले अब विश्वासको मत कायम राख्न नसके मध्यावधि चुनावमा जानुको विकल्प नरहने कानुनविद्‌हरुले बताएका छन ।

 ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । एमालेसँग ४० सिट छ भने माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी सरकार बनाउन ५८ सदस्य पुग्छ । यसवीचमा   मुख्यमन्त्री कार्कीले  राजीनामा दिए मात्र नयाँ सरकार गठनको बाटो खुल्छ र प्रदेशसभा विघटन हुन मध्यावधीमा जानबाट जोगिन्छ । तर उनी राजीनामा नदिने बरु संसद्‌को सामना गर्ने तयारीमा रहेकै   कारण  तत्कालीन  गठबन्धन दलले मुख्यमन्त्रीलाई दिदै आएको समर्थन फिर्ता लिन सकेका छैनन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829