आइतवार, बैशाख १६, २०८१

८४ लाख विगो दावी: विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत सहित ४ जनाविरुद्ध मुद्दा दायर

 काठमाडौ चैत १३,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मंगलबार सापकोटा र शर्मासहित शेरबहादुर बस्नेत र शरणकुमार खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

  आयोगले चीनबाट आयात गरेको सामानको प्रचलित कानूनबमोजिम राजश्व निर्धारण गर्दारवस्तु मुल्याङ्कन गर्दा पेस भएको प्रज्ञापन पत्रको वस्तुको गुणस्तर फरक पारी प्रज्ञापन पत्र नं ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि दर्ता भएको उक्त प्रज्ञापन सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको जनाएके छ।

अख्तियारले सापकोटा र शर्मालाई बिगो ८४ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ७ र दफा २१ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको रकमको दोव्वर जरिवाना हुने सजायलाई आधारमानी सोही ऐनको दफा २१ वमोजिम आधा सजाय हुन मागदाबी लिएको छ ।