आइतवार, बैशाख १६, २०८१

वर्ष ०८०को ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन

 काठमाडौं चैत १४,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष ०८०को ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि विद्यालय छनोटमा ढिलाइ भएको जनाउसंगै चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भए पनि कार्यक्रमको लागि कायक्रम सञ्चालन गर्नुको कुनै औचित्य नहुने ठहर सहित तत्कालका लागि कार्यक्रम सञ्चालन स्थगन गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको मन्त्रालय सम्वद्ध स्रोतले जनाएको छ ।