शनिबार, बैशाख १५, २०८१

पश्चिमी तथा स्थानीय वायुको प्रभाव : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

 काठमाडौं चैत १४,

मौसम पूर्वानुमान शाखाले नेपालमा पछिल्लो समय पश्चिमी तथा स्थानीय वायुको बढ्दो मिश्रित प्रभावसंगै वदली र वर्षाको संभावना देखिएको देखिएको र यो क्रम अझै तीन दिनसम्म जारी जनाएको छ।  त्यस्तै यहि मौसमी प्रणालीका कारण् कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ ।

त्यस्तै यसवीचमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेस प्रदेश र बाँकी पहाडी भूभागका एकाध स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षासंगै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।