शनिबार, बैशाख १५, २०८१

राज्यव्यवस्था तथा सुशासन समितिले वोलायो गृहमन्त्री लामिछानेलाई

 काठमाडौं चैत १४,

संघीय संसद् अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलका लागि आज बोलाएको छ ।

समितिले मन्त्रालयले गरेका पछिल्ला कामकारबाहीका बारेमा जानकारी लिन आज बिहान ११ बजेका लागि गृहमन्त्री लामिछानेलाई बोलाएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

समिति सभापति खतिवडाले पछिल्लो समय विभिन्न आरोपमा व्यक्तिहरुलाई पक्राउ गर्ने र छोड्ने गरेको प्रसंगसंग मन्त्रालयसँग सम्बन्धित थप समसामयिक विषय माथि छलफलको कार्यसूची रहेको समितिले ले जनाएको छ।