आइतवार, बैशाख १६, २०८१

आयोगमा दर्ता रहेको १०३ मध्ये एक दर्जन दलले मात्र राष्ट्रियसभा निर्वाचनमा भाग लिने

 काठमाडौं पुस ११ ,
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढदल नेपाली काँग्रेस सहित १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगले दल दर्ताको लागि आव्हान गरेअनुसार गत शुक्रबार ८ र शनिवार ४ वटा दलले आयोगबाट निर्देशित ढाँचा अनुरुप दल दर्ता गराएको हो ।

त्यस्तै काँग्रेस नेकपा एमाले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राजमो , नेपाल लोकतान्त्रिक पार्टी, जसपा , राप्रपा र नेपाल परिवार दल गरी ९ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका छन भने नेमकिपा ले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै र लोसपाले प्रदेश २ र सुदूरपश्चिम प्रदेशको निर्वाचनमा भाग लिने गरि दल दर्ता गराएका छन । त्यस्तै इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्र दल दर्ता गराएको आयोगले जनाएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रस्तुत निर्वाचनमा आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाउमदै दलहरुको तर्फबाट प्राप्त् आवेदनको छानबिन पछि कामपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण हुने आयोगले जनाएको छ।