बिहिबार, बैशाख १३, २०८१

सत्ता साझेदार दल माओवादी को ८औं महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडौं पुस ११ ,
सत्ता साझेदार दल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आजबाट राजधानीमा शुरु भएको ८ औं केन्दीय महाधिवेशनको पार्टी अध्यक्ष प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयेजित एक विशेष कार्यक्रमकावीच महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

महाधिवेशनको उद्घाटन सत्रमा सफलताको शुभकामना दिन प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका महासचिव शङ्कर पोखरेल लगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।

त्यस्तै नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा सहित शुरु भएको महाधिवेशनको उद्घानसगै राष्ट्रिय जनमोर्चा पार्टीका उपाध्यक्ष दुर्गा पौडेल , राप्रपाकी महामन्त्री कुन्ती शाही, जसपाका अध्यक्ष उपेन्द्र यादव , लोसपाका नेता अनिलकुमार झा, नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेल लगायतका नेताहरुले शुभकामना अभिव्यक्ति दिनु भएको थियो ।

त्यस्तै शुभकामना अभिव्यक्ति दिने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस सभापति शेरवहादुर देउवाले पनि शुुभकामना अभिव्यक्ति दिने कार्यक्रम रहेको  छ ।