शनिबार, बैशाख १५, २०८१

थप २१९ जनामाकोभिड संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं पुस ११ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वितेको पछिल्लो २४ घण्टामा थप २१९ जनामाकोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ सात हजार १८० जनाको पीसीआर परीक्षणको क्रममा २१३ जनामा र २ हजार ४९७ जनाको एन्टीजेन परीक्षणको क्रममा ६ जना गरि कुल २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा २८३ जना संक्रमित संक्रमण मुक्त हुनको अलावा मन्त्रालयले २ जनाको मृत्यु भएको जनाएको छ। आज पहिचान भएका मृतकसंगै नेपालमा कोभिड संक्रमणका कारण निधन हुनेको सख्या ११ हजार ५८५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोभिडविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।