बिहिबार, बैशाख १३, २०८१

गठबन्धनको विषयमा अनावश्यक टिकाटिप्पणी आवश्यक छैन: प्रम देउवा

काठमाडौँ पुस ११,

नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना अभिव्यक्ति व्यक्त गर्दै काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका नगर्न सबैलाई अनुरोध गर्नुभएको छ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा पछिल्लो समय ५ दलीय गठबन्धनको प्रसंगलाइ लिएर अनेकन चर्चा परिचर्चा हुन थालेको बताउँदै गठबन्धन कसैको बर्खिलापमा नभएको जनाउ दिदै संविधान संसदको रक्षाका लागि बनेको गठबन्धनको विषयमा अनावश्यक टिकाटिप्पणी आवश्यक नभएको बताउनुभयो ।

साथै उहाँले माओवादीको महाधिवेशनको सफलताको कामना सहित एमसीसी सम्झौता राष्ट्रघाति भएको भन्ने चर्चाको उठान गर्दै यस विषयमा यो वा त्यो कोणबाट हुँदै आएको टिप्पणाी मिथ्या भएको मिथ्या टिप्पणीको पछि नलाग्न आग्रह गर्दै    उहाँले  आफु राष्ट्रको प्रधानमन्त्रीको जिम्मेवारीमा रहदै गर्दा राष्ट्र हित विपरितका कुनैपनि प्रसंगमा  कार्य सम्पादन नहुँने  बताउनुभयो ।