शुक्रबार, बैशाख २८, २०८१

सुन तस्करी: पूर्व उपराष्ट्रपति पुनका परराष्ट्र सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं चैत ३,
१४ किलो सुन तस्करीमा १ अर्ब ४० करोड संलग्न जीवन गुरुङविरुद्ध मुद्दा दायर गरिएको छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का परराष्ट्र सल्लाहकार समेत रहेका प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत गुरुङको पछिल्लो समय हुँदै आएको सुनको श्रृखलावद्ध तस्करी प्रकरण अन्र्तगत दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।

त्यसो त गोरखा बारपाक घर भएका ४५ वषीर्य चन्द्र घले उपर भन्सार कार्यालयले अनुसन्धान गर्दै आएपनि सुन तस्करी प्रकरणको छानविनको लागि गठित आर्चाय आयोगको सिफरिसमा उनलाइ पक्राउ गरेको बुझिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरेको थाहा भएको छ । गुरुङविरुद्ध दायर मुद्धामा १ अर्ब ४० करोड बिगो माग गरिएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ।  त्यस्तै सुन तस्करी प्रकरणमा संलग्न भएकै कारण पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुन समेत पक्राउ परेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829