बिहिबार, बैशाख २७, २०८१

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं चैत ३,
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको जानकारी सहितको जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

बैठकपछि नेपाल समाजवादी पार्टीको तर्फबाट रमेशप्रसाद यादव र माओवादी केन्द्रका तर्फबाट महासचिव देवप्रसाद गुरुङको हस्ताक्षरमा जारी प्रेस ४ बुँदे प्रेस नोटमा  बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ त्यस्तै नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी बैठकले बैठकले पार्टी एकता गर्ने र एकीकृत पार्टीको नाम आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको उल्लेख गरिएको छ ।

त्यस्तै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गर्ने र कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव रहेको उल्लेख गरिएको छ।