बिहिबार, बैशाख २७, २०८१

नेविसंघ तदर्थ कार्यसमितिमा थप ४१ सदस्यको मनोनयन

  काठमाडौं चैत ३,

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विद्यार्थी संगठन नेविसंघमा ४१ जना नयाँ सदस्य थप गरेका छन् । कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै थपिएका सदस्यको नामावली प्रकाशित गरेको हो । नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाको अध्यक्षतामा ७ सय १० सदस्य तदर्थ समिति गठन गरेको थियो ।

संघको केन्द्रीय समितिमा थप गरिएको सदस्ययहरुमा क्रमस १ दिपकराज ओझा, कैलाली, अशोक सिंह विष्ट कञ्चनपुर , विनोदकुमार शाही दैलेख, किरण नेपाली नुवाकोट, गणेशबहादुर शाही अछाम,सोमराज मल्ल डोल्पा,एरिका ढकाल, मोरङ कविराज शाही, मुगु,बलराम खड्का बाराई, सुदिप अधिकारी लम्जुङ,भावना रिजाल पाँचथर,अमृत उप्रेती काभ्रे, प्रविण कैनी तनहुँ,आशिष वर्मा, बाँके,सिद्धराज जोशी, अछाम, प्रज्वल महत जुम्ला, कविता वन खोटाङ,रामजी बस्नेत रामेछाप, देउमान लोङ्वा ताप्लेजुङ,अमितकुमार साह सिरहा,संस्कार कोइराला कास्की, प्रदिप शर्मा पर्वत,प्रविनराज कँडेल, लम्जुङ,निश्चल घिमिरे मोरङ,करुणासागर सिग्देल, सिन्धुपाल्चोक,रवि योगी सुर्खेत ,डम्मर साउँद, बाजुरा,डण्डीराज जोशी, कैलाली,निराजन बटला, अछाम,असितमान श्रेष्ठ काठमाडौं रहेका छन ।

त्यस्तै गरि खेम राउत, उदयपुर,अनिता सापकोटा, काभ्रे,झिमलाल चापागाई, स्याङ्जा,सिए आशिषचन्द्र न्यौपाने, भोजपुर,आकाश उप्रेती चितवन,सुमित बोहरा, कैलाली,दिप जैसी, अछाम,मंगल रावत बाजुरा,दिलिप आचार्य, दाङ,रामचन्द्र महरा बैतडी,बडैला, कैलाली रहेको पार्टीका  मुख्य सचिव  कृष्णप्रसाद पौडेलले  जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ।