बिहिबार, बैशाख २७, २०८१

बाबुरामले भन्यो-पार्टी मर्जका लागि सहमति भयो भन्दै भएको प्रचारबाजी गलत

 काठमाडौं चैत ३,
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको भन्दै सञ्चारमाध्यममा खवर प्रकाशित भएसंगै समाजवादी पार्टीबाट अध्यक्ष डा‍ बाबुराम भट्टराईले आफ्नो पार्टी माओवादी केन्द्रसँग समाहित भएको नभइ माओवादी केन्द्रले पार्टीलाई अपहरण गनेृ शैली अख्तियार गरेको बताउनुभयो ।

त्यस्तै उहाँँले आफू पार्टीको कार्यकारी अध्यक्ष भएकाले आफूलाई जानकारी नदिइकन पार्टी मर्ज भयो भन्नु गलत प्रचारबाजी भएको भन्दै दुईतीन जना साथीहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर समाजवादी पार्टीलाई माओवादी पार्टीमा मिसाइदियौँ भन्ने घोषणा गर्नु र त्यसमा प्रधानमन्त्री प्रचण्डसमेत उपस्थित हुनु आफैमा आश्चर्य विषय भएको  कान्तिपुर टेलिभिजनलाइ  प्रतिक्रिया दिनुभएकोछ।

स्मरण रहोस, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको जानकारीसंगै पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी बैठकले पार्टी एकता गर्ने सहमति भएको भन्दै ४ बुँदे प्रेस नोट जारीभएसंगै पार्टीको कार्यकारी अध्यक्षसंगै पार्टी एकताको लागि वार्ता टोलीको संयोजक समेत रहेका डा भट्टराईले यो गलत र अनुचित प्रवृति भएको बताउनुभएको छ ।