बिहिबार, बैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं फागुन २८,

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

त्यस्तै संघीय संसदमा १५ सिट रहेको राप्रपाको बैठकले नयाँ सत्ता गठबन्धनमा पनि सहभागी नहुने निर्णयसंगै प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । त्यस्तै बैठकल प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षले आवश्यक निर्णय गर्ने जिम्मेवारी पनि बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाइ अधिकार प्रत्यायोजन गरेको छ ।

साथै बैठकले आसन्न इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने र निर्वाचनका लागि उम्मेदवार पहिचान गर्न सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी संगै आगामी चैत्र १६ गते हुने भनिएको काठमाडौं केन्द्रीत जनप्रदर्शन एसईई परीक्षाको कारण चैत्र २७ गते गर्ने गरि मिति परिवर्तन गरेको छ।