बिहिबार, बैशाख २७, २०८१

विस्वासको मत दिनका लागि लिखित सहमति हुनुपर्ने नेकपा एसको नितिगत अडान

काठमाडौं फागुन २८,
सत्तारुसाझेदार दल एकीकृत समाजवादीको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाइ मत दिनका लागि पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति हुनुपर्ने नितिगत अडान अघि सारेको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जानकारी दिनुभयो ।

‘मंगलवार हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा कुनै औपचारिक निर्णय नभएको र सरकारमा सहमभागी हुँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र हाम्रो पार्टी अध्यक्ष माधव कुमार नेपालवीच भएको विषयगत एजेन्दामा उहाँ लिखित सहमति सहित सहमत हुनुभयो भने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा भोट दिनसक्छौँ ।

त्यस्तै प्रतिनिधि सभामा उहाँलाइ समेत विश्वासको मत दिनेमा सरकारात्मक हुनसक्छौँ अन्यथा मत दिनका लागि नेकपा एस वाध्यकारी नभएको बताए । संघीय संसदमा नेकपा एकीकृत समाजवादीको ११ सदस्य रहेको छ ।