बिहिबार, बैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन काँग्रेसद्वारा ह्वीप जारी

   काठमाडौं फागुन २८,

नेपाली कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै आफ्ना संसद सदस्यलाइ विश्वासको मत नदिन ह्विप जारी गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आगामी बुधवार विश्वासको मत लिने कार्ययोजना रहेको र उक्त दिन संसद बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न भन्दै कांग्रेस संसदीय दलका सचेत्तक रमेश लेखकले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा ‘‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभको बैठकमा अनिवार्य उपस्थित हुन, प्रधानमन्त्री ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन [ह्विप] जारी गरिन्छ । भनिएको छ।