बिहिबार, बैशाख २७, २०८१

राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा कसको पक्षमा कति मत ?

  काठमाडौं फागुन २८,

मंगलवार हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसको तर्फबाट युवराज शर्माको उम्मेदवारी दर्ता भएसंगै कसको पक्षमा कति मत भन्ने चर्चा सहित अंक गणितको जोड घटाउ सुरु भएको छ।

काँग्रेससंगको गठबन्धन तोड्दै बनेको नयाँ सत्ता गठबन्धनको तर्फबाट उम्मेदावार रहो दाहाललाइ माओवादीका एमाले, एकीकृत समाजवादी र जसपाको साथ रहेको छ भने कांग्रेसका उम्मेदवार शर्माको पक्षमा राष्ट्रिय सभामा १६ मत मात्रै रहेको छ।

५७ सदस्य रहेको राष्ट्रिय सभामा अंक गणित अनुसार ठूलो दल माओवादीका १८ सदस्य एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद रहेका छन । कांग्रेसको भने राष्ट्रिय सभामा १६, लोसपाका १ सदस्य रहेको छ । त्यस्तै एक सिट मपको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने सदस्यको मनोनयन भइसकेको छैन ।

मतसख्याको आधारमा प्रधानमन्त्री प्रचण्डका भाइ समेत रहको गठबन्धनका उम्मेदवार दाहाल राष्ट्रिय सभाको अध्यक्ष बन्ने लगभग निश्चित रहेको छ ।