बिहिबार, बैशाख २७, २०८१

मन्त्रिपरिषद बैठक गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

 काठमाडौं फागुन २८,

सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकमार्फत गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले यसअघिको सत्ता समिकरण अन्र्तगत कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई पदमुक्त गरेर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

पदमुक्त गरिएका प्रदेश प्रमुखमा क्रमस गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी रहेका छन भने नयाँ सिफारिस भएका प्रदेश प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँलाइ सिफारिस गरिएको छ।  ज्ञात रहोस, नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट रहेको बुझिएको छ।

त्यस्ते बैठकले मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ । जसअनुसार प्रधानमन्त्री ‘प्रचण्डको नेतृत्वमा राजनीतिक समिति, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा आर्थिक पूर्वाधार समिति , उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नेतृतवमा विधेयक समिति , उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रशासन समिति र उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको नेतृत्वमा सामाजिक समिति रहेको छ ।